चितवन – लोकतान्त्रिक विद्यार्थी संघ चितवनले शैक्षिक शुल्क बृद्धि भएकोमा विरोध जनाएको छ । माध्यमिक विद्यालय संघ ‘हिसान’ले आफुखुशी शैक्षिक शुल्क २० प्रतिशत बृद्धि गरेको भन्दै विरोध गरेको हो ।
आज नेपाल लोकतान्त्रिक संघका कार्यवहाक अध्यक्ष सगुन लामिछानेले हिसानलाई ज्ञापन पत्र बुझाउँदै शैक्षिक शुल्क नबढाउन अनुरोध गर्नुभएको छ । संविधानमा नै राज्यले उल्लेख गरेको सर्वसुलभ शिक्षा विपरीत शुल्क बृद्धि गरेको संघले आरोप लगाएको छ ।
कोरोना महामारीपछि रुस र युक्रेन युद्धका कारण मुल्यबृद्धि भएको अवस्थामा अभिभावकलाई मारमा पर्ने गरि शैक्षिक शुल्क बृद्धि गरेको बताइएको छ ।
शिक्षा प्रणालीको बलियो आधार शिला नबनाई गैरजिम्मेवार पूर्वक तवरले शैक्षिक शुल्क बृद्धि गरेको लामिछानेले हस्तक्षर गरेको विज्ञप्तीमा उल्लेख गरिएको छ ।
शैक्षिक शुल्क बृद्धि २४ घण्टा भित्र खारेज गर्न समेत संगठनले माग गरेको छ । आफ्ना माग प्रति चितवन हिसान र सम्बन्धित सरोकारवाला पक्ष अगाडि बढेमा जस्तोसुकै सामाजिक, आर्थिक राजनैतिक, भौतिक सम्पूर्ण क्षतिको जिम्मेवारी स्वम पक्षले लिनुपर्ने चेतावनी दिएको छ ।





















