चितवन – राष्ट्रिय लोक तथा दोहोरी गीत प्रतिष्ठान नेपाल, जिल्ला कार्यसमिति चितवनको अध्यक्षमा कृष्ण भट्टराई चयन भएका छन् ।
शनिबार स्व. जितबहादुर पिया व्यवसायिक तालिम केन्द्र नारायणगढमा सम्पन्न प्रतिष्ठानको १६ औं वार्षिक साधारण सभा तथा आठौं जिल्ला अधिवेशनबाट भट्टराई सर्वसम्मत अध्यक्षमा चयन भएका हुन् ।
प्रतिष्ठानको प्रथम उपाध्यक्षमा बसन्त लामा, द्धितिय उपाध्यक्षमा उपेन्द्र देवकोटा, सचिवमा जिवी सुनार, कोषाध्यक्षमा आयुष्मा केसी, सह-सचिवमा बिक्रम क्षेत्री र सह-कोषाध्यक्षमा निश्चल मगर चयन भएका छन् ।
यस्तै कार्यसमिति सदस्यहरुमा रोशन खड्का, अस्मिता लामा, रामकृष्ण दुलाल, मुक्ति सापकोटा, दिलकुमार श्रेष्ठ, शक्तिकुमार गोदार, दुर्गा बजगाई, अपेक्षा गिरी (मालती), टिकाराम ढकाल, सरिता गुरुङ र हर्कसिंह गुरुङ रहेका छन् । नवनिर्वाचित कार्यसमितिले शनिबार नै सपथ लिएको छ ।

























