काठमाडौं। नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले नेपाली कांग्रेसलाई संसद्को सबैभन्दा ठूलो दल बनाएकोमा मतदातालाई धन्यवाद दिएका छन्। उनले शुक्रबार सामाजिक सञ्जालमार्फत् मतदातालाई धन्यवाद दिएका हुन्।
प्रधानमन्त्री देउवाले सामाजिक सञ्जालमा लेखेका छन्, ‘प्रिय मतदाता, नेपाली कांग्रेसलाई संसदको सबैभन्दा ठूलो दल बनाउनुभएकोमा धेरै धेरै धन्यवाद।’
यही मंसिर ४ गते भएको प्रतिनिधिसभा सदस्य तथा प्रदेशसभा सदस्य निर्वाचनबाट कांग्रेसलाई सबैभन्दा ठूलो दल बनाइदिएको भन्दै देउवाले मतदाताप्रति आभार प्रकट गरेका हुन्।





















