चितवन / चितवनको भरतपुर महानगरपालिका ११ स्थित गणेशधाममा बुधबार राती चोरी भएको छ । मन्दिरको ढोका फोरेर दान पेटिका चोरी गरिएको छ ।
मन्दिर संरक्षण तथा संबद्र्धन समितका अनुसार गणेशधाम भित्र रहेका कमलेश्वर र पशुपति मन्दिरको ढोका फोरेर चोरी गरिएको हो ।
यस्तै गणेशस्थानको मुख्य गणेशको मन्दिरको ढोका समेत चोरले फोर्ने प्रयास गरेका थिए । गणेशधाम क्षेत्रको सुरक्षाका लागि सोही ठाँउमा प्रहरी विट छ ।
६ जना प्रहरी त्यहाँ कार्यरत छन् । तर प्रहरीकै अगाडि मन्दिरमा चोरी भएपछि जिल्लाको सुरक्षा व्यवस्थामाथि नै चुनौती थपिएको छ ।





















