काठमाडौं । काठमाडौं उपत्यकामा खोला लगायतका जग्गा अतिक्रमण गरी बनाइएका संरचना हटाउन सूचना प्रकाशित भएको छ।
काठमाडौं उपत्यका विकास प्राधिकरणले अतिक्रमण गरी बनाइएका त्यस्ता संरचना ३५ दिन भित्र हटाउन सूचना जारी गरेको हो।
३५ दिन भित्र त्यस्ता संरचना नहटाए प्राधिकरणले नै हठाइदिने सूचनामा उल्लेख गरिएको छ।
काठमाडौं उपत्यकाभित्रका सरकारी, पर्ति, ऐलानी तथा खोलाको मापदण्ड बमोजिमका जग्गालाई अतिक्रमण गरी बनाइएका अनधिकृत संरचनालाई हटाउन प्राधिकरणले भनेको हो।






















