चितवन । प्रदेश सभा चितवन क्षेत्र न.३ (ख) मा सत्ता गठबन्धनका साझा उम्मेदवार नेकपा माओवादी केन्द्रका ठाकुर प्रसाद ढकाल निर्वाचित भएका छन् ।
ढकालले राष्ट्रिय प्रजातन्त्र पार्टीबाट प्रदेशसभा उम्मेदवार रिना गुरुङ र नेकपा (एमाले)का उम्मेदवार सरस्वती बिष्ट लगायतका प्रत्यासीहरुलाई पराजित गर्नुभएको हो ।
ढकालले १५ हजार ४ सय ६१ मत ल्याई विजयी भएका हुन् । ढकालले राप्रपाकी रिना गुरुङलाई ८ सय ४६ मतले पछाडि पार्दै निर्वाचित भएका हुन् ।
राप्रपाकी रिना गुरुङले १४ हजार ६ सय १५ मत पाउदा एमालेकी सरस्वती विष्टले १० हजार १ सय २४ मत पाएकी छिन् । उक्त निर्वाचन क्षेत्रमा ४४ हजार ६८ मत खसेको थियो । यद्यपि, निर्वाचन आयोगले यसको औपचारिक घोषणा भने गरेको छैन ।
ढकाल यसअघि माडी नगरपालिकाका नगरप्रमुख एवं साविक गर्दी गा.वि.स.को दुई कार्यकाल अध्यक्ष रहनुभएको थियो । उहाँ नेकपा (माओवादी केन्द्रका बैंकल्पिक केन्द्रीय सदस्य रहनुभएको छ ।
ढकालको जीतलाई चितवन जिल्लामा नेकपा (माओवादी केन्द्र)को सान्त्वना जीतका रुपमा लिइएको छ । सो पार्टीबाट चितवनमा प्रदेशसभा २(क)मा घनश्याम दाहाल अविनाश र प्रतिनिधिसभा क्षेत्र नं. ३ मा डा. भोजराज अधिकारीको पनि उम्मेदवारी रहेकोमा दुबैको पराजय भएको हो ।





















