गौरादह। नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले जनताको अभिमतको सम्मान गर्नु प्रत्येक जनप्रतिनिधिको जिम्मेवारी रहेको बताएका छन्।
प्रतिनिधिसभा सदस्यमा झापा-५ बाट विजयी भएपछि गौरीगञ्जमा आज आयोजित र्यालीलाई सम्बोधन गर्दै उनले नागरिकको जीवनस्तर उकास्नका लागि सबै प्रतिबद्ध भएर लाग्नुपर्ने बताए। उनले मुलुकको समग्र विकासका लागि एमालेकै नेतृत्वमा सरकार आवश्यक रहेको बताए।
अपेक्षाकृत मत एमालेले प्राप्त गर्न नसकेको उनको भनाइ थियो। अध्यक्ष ओलीले निर्वाचनको निष्पक्षतामा प्रश्न गरे। उनले प्रत्यक्षतर्फ एमालेले केही सिट गुमाए पनि समानुपातिकतर्फ पहिलो पार्टी हुने दाबी गरे।
क्षेत्र नं ५ मा पर्ने कमल गाउँपालिकाको वडा नं. ५ को वसन्त चोकदेखि सुरु भएको विजयी र्यालीमा सहभागी हुँदै उनी सीमावर्ती गौरीगञ्जसम्म पुगेका हुन्।





















