चितवन । चितवन निर्वाचन क्षेत्र नं १ को प्रदेश क्षेत्र (क) मा नेकपा एमालेका उम्मेदवार जगन्नाथ थपलिया निर्वाचित भएका छन् ।
थपलियाले १७ हजार ६८८ मत ल्याउादा उनका निकटतम प्रतिस्पर्धी नेपाली कांग्रेसका किरणभुषण ओलीले १० हजार ७१२ मत ल्याए ।
थपलिया एमाले केन्द्रीय सदस्य हुन् । यस क्षेत्रमा नेपाली कांग्रेसबाट बागी उठेका स्वतन्त्र उम्मेदवार धनबहादुर गुरूङले ६ हजार २६५ मत ल्याउदै तेस्रो भए ।





















