चितवन । प्रतिनिधि सभातर्फ चितवन क्षेत्र नं. ३ का स्वतन्त्र उम्मेदवार राजन सापकोटाले डा. भोजराज अधिकारीलाई समर्थन गर्दै आफ्नो उम्मेदवारी निश्क्रिय बनाउनुभएको छ ।
आज गठबन्धनको पत्रकार भेटघाट कार्यक्रममा सापकोटाले समयको माग र जनताको चाहनालाई मध्यनजर गर्दै डा. भाेजराजलाई समर्थन गरेको बताउनुभयो ।
उहाँले आफ्ना शुभेच्छुक एवं शुभचिन्तकहरूलाई सम्बाेधन गर्दै गठबन्धनका उम्मेदवारलाई समर्थन गर्न अपिल गर्नुभएको हाे ।
भरतपुर १७ निवासी स्वतन्त्र उम्मेदवार रहनुभएका सापकोटा खरायो चुनाव चिन्हमा स्वतन्त्र उम्मेदवार रहनुभएको थियो ।





















