चितवन । चितवन क्षेत्र नम्वर २ प्रदेश सभा (क) का उमेदवार वागमति प्रदेश श्रम रोजगार तथा यातायात मन्त्रि माननीय घनश्याम दाहाल (अविनाश ) ले सङ्घीय लोकतान्त्रिक गणतन्त्रको रक्षा र दलीय स्वतन्त्रताका लागि सत्तागठबन्धन आगामी चुनावमा निर्वाचित हुनुपर्ने बताएका छन् ।
कालिका नगरपालिका वडा नम्बर ६ गुरौचौर कुमाल बस्तिमा भेटघाट कार्यक्रममा कुमालहरुको हकहितको लागि काम गरेको र अब निर्वाचित भएपछि पनि आवश्यकता अध्यायन गरेर पुरा गर्ने बचन दिनुभयो ।

दाहालले नेपाली कांग्रेसले प्रजातन्त्रको स्थापना र पुनःस्थापनाका लागि निरन्तर सङ्घर्ष गरेको स्मरण गर्दै पछिल्लो अवस्था पनि हजारौं सहिदको बलिदानबाट प्राप्त संविधानको रक्षाका लागि खडा भएको गठबन्धनका उम्मेदवारलाई निर्वाचित गराउन आग्रह गरेका हुन् ।
मन्त्री दाहालले भने , “लोकतन्त्रका लागि निरन्तर सङ्घर्ष गरेको नेपाली कांग्रेसका साथीहरूले पार्टीका शीर्ष नेतृत्वलाई शिरोधार्य गरेर संविधानको रक्षाका लागि अग्रगामी मोर्चालाई निर्वाचित गराउनु हुनेछ ।”
त्यस्तै भेटघाट कार्यक्रममा नेकपा माओवादी केन्द्र बाट बागमति प्रदेश सभाका समानुपातिक उमेदवार ईश्वर सापकोटा (सुमन) लगायतका नेताहरु सहभागी हुनुहुन्थ्यो ।





















