चितवन। प्रतिनिधिसभा चितवन क्षेत्र नम्बर ३ का उम्मेदवार डा. भोजराज अधिकारीले जनताको घरमा अस्पताल पुर्याउने नीति बनाउने बताएका छन्।
पश्चिम चितवनको चनौलीमा भएको चुनावी कोणसभालाई सम्बोधन गर्दै उनले निशुल्क स्वास्थ्य सेवा सहितको योजना बनाउने बताए। मोबाईल हेल्थ क्लिनिकको अवधारणा अनुसार जनताको घरआँगनमा अस्पताल पुग्ने उनले बताए।
आवश्यक साधन श्रोत र चिकित्सकसहित गाडीमै ठाउँ-ठाउँमा पुग्नेसँगै जनताको उपचार गर्ने व्यवस्था मिलाईने छ। डा. भोजराजले भने, बाँकी रहेका अस्पताललाई थप सेवा सुविधाको प्रबन्ध गरिनेछ। आफ्नो क्षमता र योग्यताका आधारमा कार्ययोजना बनाउने उनले प्रतिबद्धता जनाए।
यस्तै प्रदेशसभा ३ (१) का प्रत्यक्ष उम्मेदवार डा. सूर्यकान्त घिमिरेले नेपालमै मल कम्पनी बनाउने बताएका छन्। सोही चुनावी कोणसभालाई सम्बोधन गर्दै उनले मल विउ र सिचाइको अभाव नहुने नीति निर्माण गर्ने बताए।
डा. भोजराजको विजयपछि स्वास्थ्य क्षेत्रमा आमुल परिवर्तन हुने मतदाताको अपेक्षा छ।





















