चितवन / भरतपुर महानगरपालिका–१० घर भई हाल जापानमा होटल व्यवसाय गर्दै आएका व्यवसायी एनआरएन जापान कान्साइका उपाध्यक्ष तथा स्टारग्रुप जापानका संरक्षक व्यवसायी दिलिप शर्मा गैरेले वाढीपीडितको लागि आर्थिक सहयोग स्वरुप बुधबार नगद एक लाख रुपैयाँ भरतपुर महानगरपालिका नगरप्रमुख रेनु दाहाललाई हस्तान्तरण गरेका छन् ।
सो अवसरमा महानगर प्रमुख दाहालले कोरोनाको विषम परिस्थितिमा पनि बाढीपीडितलाइ आर्थिक सहयोग गरेकोमा यूवा व्यवसायी गैरेलाई विशेष धन्यवाद दिइन् । उनले यस्ता सहयोगीको सधै आवश्यकता पर्ने बताउँदै सहयोग गरेको रकम महानगरको प्रकोप व्यवस्थापन खातामा राखी बाढीपीडित परिवारलाई उद्धार गरिने बताइन् ।
त्यसैगरी मेयर दाहालले कोरोनाको समयमा राष्ट्रिय तथा अन्तर्राष्ट्रिय संस्थाबाट सहयोग तथा स्वास्थ्य सामग्री आएको तर यस वर्षको बाढीपीडितलाई सहयोग गर्ने पहिलो व्यक्ति भएको भन्दै गैरेको प्रशंसा गरिन् ।
त्यसैगरी चितवन समाज कान्साइका सल्लाहकारसमेत रहेका व्यवसायी गैरले यस्तो विषम परिस्थितिमा पनि नेपाल आई बाढीपिडितलाई सहयोग गर्न पाएकोमा खुसी व्यक्त गरे । सो रकमले पीडित परिवारको उदारमा खर्च हुने विश्वास व्यक्त गरे ।
सो अवसरमा व्यवसायी गैरेले बुधबार नै देवघाटका बृद्धवृद्धालाई पनि साँझ खाना खुवाएका छन् । गैरे यस वर्षको बाढीपहिरोमा चितवनमा सहयोग गर्ने पहिलो व्यक्ति भएको महानगरले जनाएको छ ।
त्यस्तै गैरेले बुधबार देवधाट क्षेत्र विकास समिति अन्तरगत रहेका ज्येष्ठ नागरिकलाई खाना खुवाएको पत्रकार सुमन गैरेले बताए ।





















