चितवन । लोकतान्त्रिक – बाम गठबन्धनका उम्मेदवारहरूलाई बादरझुला (हनुमानझुला ) बासीले भव्य स्वागत गरेका छन् ।
प्रतिनिधि सभा चितवन क्षेत्र नम्बर ३ का साझा उम्मेदवार डा. भोजराज अधिकारी र प्रदेशसभा ३ ( ख) का उम्मेदवार ठाकुर प्रसाद ढकाल सहित गठबन्धनलाई स्थानीयले भव्य स्वागत गरेका हुन् । विहानदेखि पर्खिरहेका स्थानीयले फुल, माला, अविर सहित विजयको संकेत दिएका छन् ।
“हामीले जिताईसक्यौं”, मेखलाल गुरूङले भने, यहाँको कत्ति पनि चिन्ता लिन पर्दैन ” ढुक्क हुनुस्,” । बादरझुलाको स्थायित्वका लागि डा. भोजराजले योजना बनाउने उनको विश्वास छ ।
यस्तै स्थानीय विना थापाले अहिलेको सरकारकै पहलमा जग्गाको निस्सा दिएकाले आफुहरूको पुर्ण सहयोग हुने बताईन् । विज्ञ योग्य व्यक्ति नै उम्मेदवार भएकोले उनी उत्साहित छिन् । मदन स्याङ्गताङ्गले भनेस् “ठाकुर सरले पुर्जाको कागज दिन सहयोग गर्नुभयो, हामीले त उहाँहरूलाई नै जिताउने हो” ।
बादरझुलाबासीको स्वागतबाट थप उर्जा मिलेको उम्मेदवार डा. भोजराज अधिकारीले बताएका छन् । यहाँको विश्वासलाई उर्जामा बदल्ने उनले बताए । जनतासँग अस्पतालको आफ्नो योजना उल्लेख गर्दै उनले स्वास्थसँगै यहाँको शिक्षालाई पनि प्राथमिकतामा राख्ने प्रतिबद्धता व्यक्त गरे । यसैगरी ३( ख) प्रदेशसभाका उम्मेदवार ठाकुर ढकालले बादरझुलाको सपना आफुले पुरा गर्ने बताए ।
चुनावी सभालाई सम्बोधन गर्दै उनले जनताको आवश्यकता र चाहाना आफुले नजिकबाट बुझेको बताए । बादरझुला( हनुमानझुला) का विभिन्न ४ स्थानमा लोकतान्त्रिक – बाम गठबन्धनको चुनावी कोणसभा भएको थियोे ।





















