चितवन – चितवन क्षेत्र नम्वर २ (क) बाट प्रदेशसभा सदस्यका उम्मेदवार बनेका नेकपा (माओवादी केन्द्र ) का केन्द्रिय सदस्य घनश्याम दाहाल (अविनाश ) स्थानीय आवश्यकताका आधारमा विकास गर्न माओावादी उम्मेदवार सक्षम रहेको बताउनुभएको छ ।
विहीवार कालिका नगरपालिका वडा नम्वर २ मा जेष्ठ नागरिकहरुसँग भेटघाट कार्यक्रमलाई सम्बोधन गर्दै नेता दाहालले गठबन्धनका उम्मेदवार सांसद हुन मात्र नभइ देश र जनताका पक्षमा काम गर्न हिडेको बताउनुभयो ।
उहाँले आफू संधै चितवनका जनताको सुख दुखमा साथमा रहेको भन्दै जनताबाट कहिल्यै टाढा नबनेको बताउनुभयो ।

उमेदवार दाहालले उपस्थित सम्पूर्ण जेष्ठ नागरिकहरुलाई दोसल्ला ओडाएर सम्मान गर्नुभएको थियो । ‘हाम्रो नेतृत्वमा सरकार बनेमा जेष्ठ नागरिकहरुको लागि छुट्टै योजना ल्याउन पहल गर्ने बताउनुभयो । दाहालले भन्नुभयो’, गठबन्धन नेतृत्वको सरकारले मात्र राष्ट्र निर्माण गर्न सक्छ ।
त्यस्तै कार्यक्रममा नेकपा (माओवादी केन्द्र ) बाट बागमति प्रदेश सभाका समानुपातिक उमेदवार ईश्वर सापकोटा (सुमन ) लगायतका नेताहरु सहभागी हुनुहुन्थ्यो ।






















