माडी : संघ र प्रदेशको निर्वाचन संघारमा छ । प्रतिनिधि सभा र प्रदेशसभाका उम्मेदवारहरूले घरदैलो अभियानलाई तिब्रता दिईरहेका छन् ।
यसै सन्दर्भमा चितवन निर्वाचन क्षेत्र ३(२) प्रदेशसभा सदस्यका उम्मेदवार ठाकुर ढकालले माडीको विकासका लागि अनवरत संघर्ष गर्ने बताएका छन् । यसअघि पनि जनप्रतिनिधिकै रूपमा कार्य गरेको उल्लेख गर्दै उनले रातदिन जनताकै सेवामा क्रियाशील हुन चाहेको बताए ।
माडीको भैरवपुरमा भएको चुनावी कोणसभालाई सम्बोधन गर्दै लोकतान्त्रिक(बाम गठबन्धनका साझा उम्मेदवार ढकालले जनताको चाहना अनुसार काम गर्न आफु निर्वाचनमा आएको बताए ।
‘पहिलोपटक माडीको नगरप्रमुख हुदाँ मैले यहाँको सडक, पुल पुर्वाधार निर्माण योजना अघि बढाएू, उनले भने, अझै काम गर्न बाँकी छ, केही खोलाका पुलसँगै तटबन्ध आयोजना सम्पन्न गर्न पनि म निर्वाचित हुनुपर्छ,।
उनले निकुञ्ज ऐन २०२९ संशोधन गर्न पहल गरिरहेको बताए । वन्यजन्तु नियन्त्रणसँगै माडीलाई धार्मिक पर्यटन क्षेत्रका रूपमा विकास गर्ने उनको योजना छ । म काम गर्छु, गरिरहेको छु, ठाकुरले भने,‘यत्ति जानकारी हुदाँहुदै पनि म बाहेक कोही यो उम्मेदवार छन् भन्ने यहाँहरूलाई लाग्छ भने उसैलाई मतदान गर्नुहोस् ।’
अब खरको छानो हटाएर टिनको छानो निर्माण गर्न पहल गर्ने ढकालको प्रतिबद्धता छ । त्यसकारण कसैको पछि नलाग्न आग्रह गर्दै उनले विचारको पछि लाग्न अनुरोध गरे ।





















