चितवन : प्रतिनिधि सभातर्फ चितवन क्षेत्र नं. ३ का स्वतन्त्र उम्मेदवार बासुदेव सापकोटाले डा. भोजराज अधिकारीलाई समर्थन गर्दै आफ्नो उम्मेदवारी निश्क्रिय बनाउनुभएको छ ।
सापकोटाले समयको माग र परिस्थिति तथा जनताको चाहनालाई मध्यनजर गरेको भन्दै लोकतान्त्रिक बामगठबन्धनका तर्फबाट प्रतिनिधि सभा सदस्य उम्मेदवार रहनुभएका चितवनका स्थापित बरिष्ठ फिजिसियन डा.भोजराज अधिकारीलाई समर्थन गरी आफ्नो उम्मेदवारी निष्क्रिय भएको घोषणा गर्नुभएको हो ।





















