चितवन : जिल्ला प्रशासन कार्यालय चितवनले मौन अवधिमा मदिरा बिक्रीवितरण नर्गन आग्रह गरेको छ। प्रशासनले एक सूचना जारी गर्दै मंसिर ४ गते हुन गइरहेको निर्वाचनलाई लक्षित गरी निर्वाचनको मौन अवधि सुरु भएपछि निर्वाचन सम्पन्न नहुन्जेल मदिरा बिक्रीवितरणमा रोक लगाएको हो।
प्रशासनले निर्वाचनको समयमा होटल व्यवसायहरु राती अबेर सम्म खुल्ला रहदा शान्तिपूर्ण, स्वच्छ र निष्पक्ष निर्वाचन सम्पन्न गर्नमा असर पर्ने हुँदा होटल व्यवसाय कात्तिक २१ गतेदेखि मौन अवधि सुरु हुने दिनसम्म राती नौ बजेसम्म मात्र सञ्चालन गर्न आग्रह गरेको छ।
प्रशासनले नियम उल्लघन गरेमा कारवाही हुने समेत चेतवानी दिएको छ।





















