चितवन / पृथ्वी राजमार्गको मुग्लिन–नौबिसे सडकखण्ड भोलि सम्ममा सञ्चालनमा आउने गरि काम अघि बढाइएको छ । सो सडकखण्डको चितवन र धादिङ जोड्ने मौवाखोलाको पुलसँगैको भाग बगाएपछि राजमार्ग गत सोमबार बाट पूर्णरुपमा अवरुद्ध छ ।
डिभिजन सडक कार्यालय भरतपुरका प्रमुख इ कृष्णराज अधिकारीका अनुसार मौवाखोलामा हिजो बिहान खोला अनेत्रबाट पठाएर जालीको पर्खाल लगाउन थालिएको छ । जाली लगायर पर्खाल लगाउने काम गरिएको छ ।हिजो दिउँसोको समयमा नेपाली सेनाले पनि सहयोग गरेको उहाँले जानकारी दिनुभयो ।
आज बिहान सबेरैदेखि कामलाई निरन्तरता दिइएको छ । आज दिनभर ४३ जना मजदूरले काम गरिरहेका छन् । नुवाकोटबाट जालि झिकाएर स्थानीय ढुङ्गा भरेर पर्खाल लगाउने काम भइरहेको छ । दिनभरमा धेरै काम सम्पन्न हुने अपेक्षा गरिएको छ ।
कार्यालय प्रमुख अधिकारीले भन्नुभयो, थप पानीले समस्या नवनाएमा भोलि शुक्रबार दिउँसो सम्ममा पृथ्वीराजमार्ग सञ्चालनमा ल्याउँछौँ । सो सडकखण्डको मुग्लिनबाट नौबिसेसम्म २०० भन्दा बढी पहिरा खसेका थिए । ती पहिरो पन्छाउने र मर्मतसम्भार गर्ने काम तीव्र गतिमा भइरहेको उहाँले जानकारी दिनुभयो ।
राजधानी प्रवेश गर्ने र बाहिरिने प्रमुख मार्ग भएकाले सबैको ध्यान, चासो र सहयोग जुटेकै कारण कामले तीव्रता पाएको छ । ठाउँ ठाउँमा एकतर्फी सडक खुलाइएको छ ।
यता नारायणगढ –मुग्लिन सडक खण्डको चारकिलो र १६ किलोमा सडक एकतर्फी सञ्चालनमा आएको छ ।
सडक विभागले हालका लागि राजधानी काठमाडौँ जान त्रिभुवन राजपथ प्रयोग गर्न अनुरोध गरेको छ ।





















