चितवन। प्रतिनिधिसभा सदस्य चितवन क्षेत्र नम्बर- ३ का उम्मेदवार डा.भोजराज अधिकारीले सुकुम्वासीको नाममा आफूले राजनीति नगर्ने बताएका छन्।
सधैंका लागि सेवा गर्न चाहेको उनले बताए। भरतपुर २४ को चुनावी सभालाई सम्बोधन गर्दै उनले निर्वाचन लगत्तै लालपुर्जा वितरणका लागि यहाँ आउने प्रतिबद्धता व्यक्त गरे। युवा र महिलाका लागि विशेष योजना ल्याउने उल्लेख गर्दै डा. भोजराजले युवाले जेष्ठ नागरिक र बच्चाको संरक्षण गर्ने र महिलाले परिवारमा सहि संस्कार दिने बताए।
लोकतान्त्रिक-वाम गठबन्धनका साझा उम्मेदवार समेत रहेका उनले जनजीविका सुधारका लागि पनि आफूहरू निर्वाचित हुनुपर्ने बताए।
उम्मेदवारको तुलना गरेर मात्रै मतदान गर्न उनको आग्रह छ। केन्द्रदेखि स्थानीय तहसम्म गठबन्धनकै सरकार रहेकोले आफूहरूले नै विकास योजना एवं निति निर्माण गर्ने बताए।
यस्तै चुनावी सभालाई सम्वोधन गर्दै चितवन ३ (२) का उम्मेदवार ठाकुर प्रसाद ढकालले माडीको विकास गतिलाई अघि बढाउन चाहेको बताएका छन्। जनताको चाहाना अनुसार काम गर्न आफू निर्वाचनमा आएको उनले बताए।
अब खरको छानो हटाएर टिनको छानो निर्माण गर्न पहल गर्ने ढकालको प्रतिबद्धता छ। कसैको पछि नलाग्न आग्रह गर्दै उनले विचारको पछि लाग्न अनुरोध गरे।





















