चितवन / चितवन २ बाट चुनावी मैदानमा रहेका रवी लामिछानेका कार्यकर्ता निक्कै अराजक बन्दै गएका छन् । उनका केहि कार्यकर्ताको अराजक्पन छताछुल्ल हुँदै गएको छ ।
उनका अराजक कार्यकर्ताले चितवनको पदमपुरमा एक मजदुरमाथि हातपात समेत गरेका छन् ।
चितवनको भरतपुर माहानगरपालिका घर भएका बासुदेव चौंलागाइ चितवनका रैथाने बासिन्दा हुन् । भरतपुर ११ क्षेत्र न. २ अन्तर्गत नै पर्छ । केहि समय बैदेशिक रोजगारीमा गएर आएका उनि हल केहि वर्षदेखि जिबिका चलाउनका लागि चितवनमा अटो चलाइरहेका छन्।
उनको दिनचर्या नै अटोमा प्यासेन्जर बोक्ने हो । प्राय खोलेसिमल –पदमपुर – भरतपुर को रुटमा उनि अटो चलाउन्छन् । कार्तिक २० गते सदाका झैं उनि खोलेसिमलबाट प्यासेन्जर बोकेर भरतपुर तर्फ हिंडे ।
पदमपुरको हाईस्कुल चोक आएपछि उनको अटोमा २ जना मानिस चढे ।अटोमा चढेको केहि बेरमा उनीहरुले उनलाई प्रश्न गरे – ‘दाइको घर कुन क्षेत्रमा पर्छ नि ?’उनले सिदा जवाफ दिए –मेरो घर क्षेत्र न. २ हो।
लगत्तै उनीहरुले भनिहाले- हाम्रो पनि क्षेत्र न. २ नै हो । हामी दुवै जना रवी लामिछानेको कार्यकर्ता हौँ । त्यसपछि ती २ युवकले सोधे –’दाईले भोट चाहिं कसलाई हाल्ने नि ?’उनले आफुँ माओबादीको सदस्य रहेकाले आफुँले भोट गठबन्धनलाई हाल्ने बताए ।
त्यसपछि ती युवक जंगीन सुरु गरिहाले – ‘कहाँ त्यस्तो भनेर हुन्छ ? भोट रवी लामिछानेलाई हाल्न पर्छ जसरि नि ,राम्रो मुखले भनेका छौं ‘आफुँलाई रवी लामिछाने मन नपर्ने भनेर मात्र उनले के भनेका थिए युवाहरुले उनलाई अटो रोक्न भनिहाले र उनलाई अभद्र ब्यबहार समेत गरे ।
निक्कै भद्र शब्दमा उनीहरुले भने –’रवी दाइलाई भोट नहाल्ने भनेको पागल हो ,पागलको अटोमा हामी जाँदैनौं । ‘त्यसपछि मजदुर र ती युवाबीच सामान्य भनाभन सुरु भयो । भनाभनको क्रममा उनीहरुले अटो ड्राइभरलाई कुटपिट समेत गरे।
भरतपुरमा सामान्य उपचार गराएका उनको हाल अवस्था ठिकै छ भने हातमा चोट लागेकाले केहि दिन अटो नचलाउन चिकित्सकले उनलाई सुझाव दिएका छन् |





















