चितवन : मंसिर ४ मा हुने संघ र प्रदेश तहको चुनावका लागि चितवनका सबै राजनीतिक दलका नेता कार्यकर्ताहरु जनताको घरदैलोमा जान थालेका छन् ।
चुनावको दिन नजिकिदैं गएपछि चितवनको क्षेत्र नं. १ मा आफ्ना घोषणा पत्र र प्रतिबद्धता लिएर नेता कार्यकर्ताहरु घरदैलोमा पुग्न थालेका हुन् ।
चितवनका काङ्ग्रेस माओवादी लगायतकाको गठबन्धन, नेकपा एमाले, राप्रपा, स्वतन्त्र पार्टी लगायतका दलहरु चुनावी अभियानमा जुटेका छन् ।
चुनावी अभियान अनुसार चुनावी प्रचार प्रसारमा हरेक दिन बिहानै देखि बेलुका सम्म कार्यतालिका बनाएर जनताको घरदैलोमा पुगेको गठबन्धनको तर्फबाट नेपाली कांग्रेसबाट चितवन क्षेत्र नं।१ का प्रतिनिधिसभाका उम्मेदवार डा.विश्व पौडेलले जानकारी दिए ।
उनले जनतासंग पूर्वी चितवनको विकासको मार्ग चित्र प्रस्तुत गरेका छन् । विगतका वर्षहरुमा जनप्रतिनिधिले गतिलो काम गर्न नसक्दा पूर्वी चितवनले विकासमा फड्को मार्न नसकेको भन्दै आफू यस ठाउँको विकासका लागि चिन्तित रहेको बताए ।





















