चितवन : चितवन लोकतान्त्रिक–वाम गठबन्धनका साझा उम्मेदवार चितवन क्षेत्र नम्वर २ प्रदेश सभा (क) का उमेदवार घनश्याम दाहाल (अविनाश) कालिका नगरवासीमा पुगेका छन् ।
प्रचार प्रसारका क्रममा आइतबार पूर्वी चितवनको कालिका नगरपालिकाको विभिन्न वडामा घरदैलोका लागि पुगेका उम्मेदवार दाहाललाई कालिकावासीले जितको अग्रिम शुभकामना दिएका थिए । प्रचार प्रसारमा गठबन्धनका नेता तथा कार्यकर्ताका साथै स्थानीय सर्वसाधारणको पनि उपस्थिती रहेको थियो ।
यस्तै प्रचार प्रसार कार्यक्रममा चितवन क्षेत्र न. २ प्रतिनिधि सभा सदस्यको उमेदवार उमेश श्रेष्ठ र नेकपा माओवादी केन्द्र बाट बागमति प्र्देश सभाका समानुपातिक उमेदवार ईश्वर सापकोटा (सुमन) लगायतका नेताहरु सहभागी हनुहुथ्यो ।






















