सङ्खुवासभा। सङ्खुवासभाको खाँदबारी पाङ्ठामा शुक्रबार राति गायिका समीक्षा अधिकारी सहभागी कार्यक्रममा तनाव सिर्जना भएको छ।
गायिका अधिकारीले आफ्नो प्रस्तुति दिन स्टेजमा गए लगत्तै दर्शकहरूले हो हल्ला गरेका थिए। प्रहरी पनि कार्यक्रम स्थलमा तैनाथ भएका कारण केही समयमा नै विवाद साम्य भएको प्रहरीले जनाएको छ।
उनीमाथि स्टेजमै ढुङ्गा प्रहार भएको भन्ने खबरहरू आएपनि प्रहरीले भने त्यस्तो नभएको बताएको छ। सङ्खुवासभा प्रहरीका एक अधिकारीले भने, ‘कार्यक्रममा सामान्य तनाव भएको थियो। दर्शकबाट हल्ला भएको हो ।
तर प्रहरी खटिएकाले त्यस्तो कुनै घटना हुन पाएन।’ एकादशीका अवसरमा आयोजित कार्यक्रममा गायिका अधिकारी सहभागी भएकी थिइन्। आयोजकले मेलाका अवसरमा साङ्गीतिक साँझको आयोजना गरेको थियो।





















