चितवन – आगामी मंसिर ४ मा हुने निर्वाचन नजिक आएसँगै उम्मेदवारहरूले चुनावी प्रचारप्रसारलाई तीव्रता दिएका छन् ।
यसै सन्दर्भमा ईच्छाकामनाका मतदातासँग लोकतान्त्रिक–वाम गठबन्धनका साझा उम्मेदवार चितवन क्षेत्र नम्वर २ प्रदेश सभा (क) का उमेदवार घनश्याम दाहाल (अविनाश) घरदैलो अभियानमा व्यस्त छन् । दाहालले जनताका गुनासाहरू पनि सुनिरहेका छन् । ती गुनासाहरु पुरा गर्ने प्रतिबद्धता गर्नुभएको छ ।
यसै क्रममा शनिबार ईच्छाकामना गाँउँपालिका वडा नम्बर ४ र ५ का जनतालाई घरघरमा गएर भेटघाट गरेका छन् ।
जनताद्वारा निर्वाचित प्रतिनिधिले नै विगतमा दुई ÷ दुई पटक संसद् भङ्ग गरेको दृष्टान्त सुनाउँदै उहाँले त्यस्तो प्रवृत्तिले देशलाई अहित गर्ने बताउनुभयो ।
“जिल्लाका सबै स्थानीय तहमा गठबन्धनको जनमत बढी छ, विगतको चुनावी परिणाममा पनि हामी अगाडि छौँ, यहाँ अरु कसैले जित्ने सम्भावना छैन”, दाहालले भन्नुभयो ।
दाहालले आसन्न प्रतिनिधिसभा तथा प्रदेशसभा चुनावमा चितवनका सबै निर्वाचन क्षेत्रमा सत्ता गठबन्धनका उम्मेदवारले जित्ने दाबी गर्नुभयो ।
यस्तै घरदैलो कार्यक्रममा चितवन क्षेत्र न २ प्रतिनिधि सभा सदस्यको उमेदवार उमेश श्रेष्ठ र नेकपा माओवादी केन्द्र बाट बागमति प्र्रदेश सभाका समानुपातिक उमेदवार ईश्वर सापकोटा सुमन लगायतका नेताहरु सहभागी हुनुहुन्छ ।






















