चितवन – चितवन निर्वाचन क्षेत्र नम्बर २ (ख) का उम्मेदवार उत्तम जोशीले जनताको विश्वास टुट्न नदिने बताएका छन् ।
जोशीले आफूले इमान्दारिताका साथ बिकासको काममा खटिनेमा ढुक्क हुन आफ्ना मतदाताहरुलाई आग्रह गरे । आर्थिक चलखेलसँग जनताको विश्वास नसाट्ने उनको भनाइ थियो । ‘मैले इमान्दारिता र निष्टा बेच्न जानेको छैन । ढुक्क हुनुहोस् जनताले मन र मतले गरेको विश्वासलाई आर्थिक चलखेलसँग सौदा गर्दिन’, जोशीले भने ।
उनले कुनै पनि बाहानाबाजी गरेर बिकास निर्माणका कामबाट आफू नभाग्ने बताए । अब बिकासमा कुनै बाहानाबाजी नचल्ने उनको तर्क थियो । देशमा धेरै राजनीतिक परिवर्तन भएको भन्दै अब जनताको मुहारमा बिकासको खुशी छर्ने उनले प्रतिवद्धता जनाए ।
‘अब बाहानाबाजी चल्दैन । यो वा त्यो बाहानामा बिकास निर्माणको कामबाट भाग्न मिल्दैन’, जोशीले भने । उनले गठबन्धनका सबै उम्मेदवारहरुलाई मन र मत दिएर जिताउन आग्रह पनि गरे ।





















