काठमाडौं । नेपाली कांग्रेसका प्रवक्ता प्रकाशशरण महतले संविधान माथिको निरन्तर प्रहार रोक्न गठबन्धन आवश्यक भएको बताएका छन्।
अगुवा कार्यकर्ता भेलालाई सम्बोधन गर्न आइतबार पूर्वी नवलपरासी आउनुभएका महतले यो गठबन्धन संविधानमाथिको निरन्तर प्रहार रोक्नलाई बनेको भन्दै गठबन्धनले अधिकांश ठाउँमा चुनाव जित्ने बताए।
वर्तमान निर्वाचन प्रणालीका कारण पनि बहुमतको सरकार बनाउन गठबन्धन आवश्यक भएको बताउँदै प्रवक्ता महतले उत्साहपूर्वक निर्वाचनमा होम्मिएर निर्वाचनमा लाग्न र गठबन्धनका सबै उम्मेदवारलाई जिताउन कार्यकर्तालाई आग्रहसमेत गरे।
“मङ्सिर ४ पछि पनि गठबन्धनले निरन्तरता पाउँछ, गठबन्धनको सरकार बन्छ त्यसपछि देशले नयाँ राजनीतिक बाटो समात्छ”, उनले भने।





















