चितवन । चितवनमा २२ जना एमाले नेता कार्यकर्ता एमाले छाडेर माओवादी केन्द्रमा प्रवेश गरेका छन । उनीहरुलाई चितवन क्षेत्र न २ क का प्रदेशसभा सदस्य उम्मेदवार घनस्याम दाहाल अबिनास ले आज टीका खादा लागाएर माओबादी केन्द्रमा प्रवेश गराएका हुन ।

कालिका नगरपालिका ७ नमुना टोलका २२ जना माओवादी प्रवेश गरेका हुन । निर्बाचन नजिकिदै गर्दा एउटै टोलबाट ठूलो सन्ख्यामा एमाले परित्याग गरि माओवादी प्रवेश गर्नुलाई महत्वका साथ हेरिएको छ ।
सिद्दिलाल बिक र शिव ठकुरिको नेतृत्वमा उनीहरु एमाले छाडेर माओबादी केन्द्र प्रवेश गरेको माओबादी केन्द्र भरतपुर महानगर अध्यक्ष इस्वर सापकोटा सुमनले जानकारी दिए । प्रबेश गर्नेहरुमा सीता कुमाल, सिंह ब गोले, कान्छा स्याङ्बो, सिर्जना परियार, बिश्वास बिक, विशाल बिक, मनमाया बिक, अन्जु स्याङ्तान, लक्ष्मी बिक, सुबास कुमाल रहेका छन । यस्तै रिता ठकुरी, प्रकाश कार्की, राधा ठकुरी, इन्द्रमाया श्रेष्ठ, विशाल श्रेष्ठ, सागर सुनुवार , मनोज महत्तो, लक्ष्मी बिक , दिपेन्द्र नेपाली रहेका छन ।

उनीहरु सबै यस अघि पार्टी सदस्य लिएर सकृय रहेका थिए । उनीहरुले एमालेभित्र आन्तरिक कलह र गुटबन्दी मौलाएर बस्ने अबस्था नभएकाले आफुहरु माओबादी प्रबेस गरेको बताएका छन ।





















