चितवन । चितवन निर्वाचन क्षेत्र नं २ प्रदेश सभा ‘क’ मा सत्ता गठबन्धनबाट माओवादी केन्द्रका उम्मेदवार घनश्याम दाहाल (अविनाश) ले भरतपुर २९ लाई समृद्ध बनाउने योजना आफूसित भएको जनाउँदै जिम्मेवारी दिन आग्रह गर्नुभएको छ ।
दाहालले विगत आफूले पाएका जिम्मेवारी सफलतापूर्वक निर्वाह गरेको उल्लेख गर्दै उहाँले विकास, निर्माणको अगुवाइ गर्न सक्ने र योजना कार्यान्वयन गर्ने स्थानमा पु¥याउन मत दिन आग्रह गर्नुभयो । यो वडालाई प्रदेशबाट २६ करोड ८० लाख रुपयाँ बजेट निकाशा गरेको जानकारी दिनुभयो ।

भरतपुर २९ मा गठबन्धनको प्रदेश सभा र प्रतिनिधि सभाका उम्मेदवारको सम्पर्क कार्यालय स्थापना कार्यक्रममा आज उहाँले भरतपुर २९ को ग्रामिण क्षेत्रलाई पर्यटनसँग जोड्नुपर्ने जनाउनुभयो । भरतपुर २९ को खानेपानीको समस्या समाधान गर्ने र टोल टोलमा विकासको योजना ल्याउने दाहालको प्रतिवद्धता छ ।
नेकपा एकिकृत समाजवादी पार्टीका अशोक थापा , नेपाली काग्रेसका निर्वतमान अध्यक्ष जित नारायण श्रेष्ठ , नेपाली काग्रेसका सभापति राजेश्वर खनाल , चितवन निर्वाचन क्षेत्र नं २ प्रतिनिधि सभा सदस्यको उमेदवार उमेश श्रेष्ठ , नेकपा ( माओवादी केन्द्र ) बाट बागमति प्रदेश सभाका समानुपातिक उमेदवार ईश्वर सापकोटा (क. सुमन) लगायतले कार्यक्रममा भनाई राख्नुभयो ।





















