चितवन । नेकपा माओवादी केन्द्र का नेता घनश्याम दाहाल अविनास ले हाम्रै पालामा परिवर्तन सम्भव रहेको बताउनुभएको छ ।
सत्ता गठवन्धनबाट चितवन प्रदेश सभा क्षेत्र नम्बर २ क , को उम्मेदवार बन्नु भएका दाहालले आज शनिबार भरतपुर महानगरपालिका वडा न. १ मा गठबन्धनको सम्पर्क कार्यालय उद्घाटनका क्रममा यस्तो कुरा बताउनुभएको हो ।
गठबन्धनको भरतपुर महानगरपालिका वडा न. १ को सम्पर्क कार्यालयको उद्घाटन गर्दै उहाँले सामाजको परिवर्तन र बिकास सम्भव रहेको बताउनुभएको हो ।
घर दैलोमा व्यस्त रहनुभएका दाहालले बिकासका नारामा मात्रै नभएर बिकास र परिवर्तन गरेर देखाउने बताउनुभएको छ । अहिले भएको बिकासले युवा पुस्तामा रोजगारीको सृजना गर्न नसक्ने भन्दै बिकास र स्वरोजगारका कार्यक्रमलाई तिब्र गतिमा अघि बढाउनु पर्ने बताउनुभयो ।
नारायणगढमा रहेको दियालो रोडलाई प्रदेश बाट बजेट निकाशा गरेर काम सम्पन्न गरेको दाहालले जानकारी दिनुभएको छ । त्यस्तै दाहालले भरतपुर १ मा पर्ने भानु मावि स्कूल बजेट ल्याई सहयोग गरेको , रामजानकी भवनलाई सहयोग गरेको , रामनगगर ठिमुरा भत्तेरी सडक निर्माणमा पहल गरेको , ठिमुरा स्कूल बजेट सहयोग गरेको , ठिमुरामा खानेपानीको लागि पहल गरेको , नारायणी नदीलाई व्यवस्थित गर्न पहल गर्ने , नारायणगढ बजारको लायन्सचोक , शहिद चोक र पुल्चोकमा तीन वटा ठाउँमा आकाशे पुल आश्यकता परेकोले आफु निर्वाचित भएपछि यसलाई बनाउन पहल गर्ने लगायतका थुप्रै कामहरु गरेको र केही काम गर्ने कार्यक्रममा बताएका थिए ।

देशको बिकासका लागि स्वतन्त्र उम्मेदवार नभई दलका उम्मेदवार आबश्यक पर्ने उहाँको भनाई थियो ।
अहिले सत्ता प्राप्तीका लागि प्रतिगमनबादीहरुले जस्तो सुकै हर्कत गर्न सक्ने भएकाले उनीहरु प्रति हामी सजग रहनु पर्ने दाहालको भनाई थियो ।
सम्पर्क कार्यालय उद्घाटन कार्यक्रममा नेपाली काग्रेसका निर्वतमान अध्यक्ष जित नारायण श्रेष्ठ ,नेपाली काग्रेसका अध्यक्ष राजेश्वर खनाल ,उमेश श्रेष्ठ लगायतले बोल्नु भएको थियो ।





















