चितवन । नेपाल समाजवादी पार्टी चितवनको शुभकामना आदानप्रदान तथा चियापान कार्यक्रम सम्पन्न भएको छ । आज (शनिबार) भरतपुरमा आयोजित दिपावलि, छठ, नेपाल संबद्ध तथा मंसिर ४ गते हुने संघिय र प्रदेश निर्वाचनको सन्दर्भमा शुभकामना आदानप्रदान तथा चियापान कार्यक्रम सम्पन्न भएको हो ।
शुभकामना कार्यक्रमका प्रमुख अतिथी नेपाल समाजवादी पार्टीका केन्द्रीय सदस्य तथा बागमति प्रदेशका अध्यक्ष सोनाम सिहं रहेका थिए । कार्यक्रममा शुभकामना दिँदै उनले मंसिर ४ गते हुने निर्वाचनमा सक्षम र असल व्यक्तिलाई मतदान गर्न अनुरोध गरे ।
त्यस्तै कार्यक्रमका विशिष्ट आतिथी नेपाल समाजवादी पार्टीका केन्द्रीय सदस्य तथा प्रशिक्षण बिभाग प्रमुख महेन्द्र कुमार श्रेष्ठ, नेकपा माओवादी केन्द्र भरतपुर महानगरका सचिव निशा न्यौपाने, नेकपा एकीकृत समाजवादी पार्टीका जिल्ला सचिवालय सदस्य राम बहादुर भुजेल, राष्ट्रिय स्वतन्त्र पार्टीका जिल्ला अध्यक्ष धर्मेन्द्र सापकोटा, आदिवासी जनजाति महासंघ जिल्ला अध्यक्ष महेन्द्र दुरा, नेपाल समाजवादी पार्टीका जिल्ला ईन्चार्च तथा केन्द्रीय सदस्य पदम बहादुर गुरुङ्ग लगाएतले शुभकामना मन्तव्य राखेका थिए ।
कार्यक्रम बागमती प्रदेश सदस्य तथा जिल्ला उपाध्यक्ष बिनोद शर्माले संचालन गरेका थिए । कार्यक्रममा अतिथिलाई स्वागत तथा खादा ओढाएर सम्मान गरिएको थियो ।

नेपाल समाजवादी पार्टी चितवनका अध्यक्ष सुरेश ढकालको सभापतित्वमा सम्पन्न भएको कार्यक्रममा विभिन्न राजनैतिक दलका प्रमुख तथा प्रतिनिधि, विभिन्न संघ संस्थाका प्रतिनिधि, महानगर उपाध्यक्ष दुर्गा पन्त, जिल्ला उपाध्यक्ष रेनुका वराल र जिल्ला कोषाध्यक्ष तथा महिला संयोजक माया पोख्रेल लगाएतको उपस्थिति रहेको थियो ।





















