माडी । बादरझुलाको आवश्यकता पुरा गर्न आफु निर्वाचित हुनुपर्ने वरिष्ठ चिकित्सक डा. भोजराज अधिकारीले बताएका छन् ।
बादरझुलाका स्थानीय युवाहरूसँग डा. अधिकारीले सेवाको क्षेत्र विस्तार गर्न जनतासँग मत माग्न आएको बताए ।बादरझुलाबासी राष्ट्रियताको पहरेदार रहेको उल्लेख गर्दै उनले यहाँको सुरक्षाको लागि आफुलाई जनप्रतिनिधि बनाउन आग्रह गरे ।
सपना बाड्न मात्रै जनताको माझमा नआएको उनले दाबी गरेका छन् ।जनताको गुनासो सम्बोधन गर्ने गरि यहाँ आएको उनको भनाइ ।
उनले कष्टकर जीवनलाई सहज बनाउने बताए ।प्रचण्ड र ठाकुर ढकालको नेतृत्वमा ११ पुल बन्दै गरेको बताएका उनले कालोपत्रे सडक बनाउन पहल लिने बताए ।
माडीका पुर्व मेयर एवं प्रदेश ३”ख” का उमेदवार ठाकुर प्रसाद ढकालले जनतालाई लालपुर्जा दिन पहल लिने बताए । उनले जनताको आवश्यकता पुरा गर्न निरन्तर संघर्ष गरिरहेको बताए ।त्यसकारण गठबन्धनका उमेदवारलाई निर्वाचित गराउन उनले आग्रह गरेका छन् ।
मंसिर ४ पछि विकास लागि भाषण भन्दा पनि काम गर्न आएको उनले बताए । उनले कतिपय प्राविधिक कारणले समस्या सिर्जना भएको विषय बुझिदिन जनतासँग अपिल गरेका छन् ।





















