भरतपुर । आसन्न संघ र प्रदेशको निर्वाचन नजिकिएसँगै उमेदवारहरूले चुनावी दौडधुपलाई तिव्रता दिएका छन् ।
यसै सन्दर्भमा प्रतिनिधि सभा चितवन क्षेत्र नम्बर ३ का उमेदवार डा. भोजराज अधिकारीले पनि चुनावी गतिविधि बढाएका छन् । जस अनुसार चितवनको माडी सहित पश्चिमी भेटमा उनको भेटघाट बाक्लिएको छ । अहिले आन्तरिक छलफलसँगै पार्टी पंक्ति र गठबन्धनका नेता कार्यकर्तासँग उनको सम्पर्क र संवाद हुने गरेको छ ।
अहिले एक्लाएक्लै आन्तरिक छलफल साथै गठबन्धनका जिल्ला तहमा कार्ययोजना बैठक भईरहेको माओवादी केन्द्रका पोलिट्ब्युरो सदस्य सुर्य सुवेदी (पथिक) जानकारी दिए । संयुुक्त घोषणापत्र, सभा एवं भेला बैठकका लागि कार्यतालिका बनिसकेको उनले बताए ।चाडैं नै संयुक्त कार्यक्रमसहित जनताको घरदैलोमा जाने उनले बताए ।
चिकित्सा क्षेत्रमा चर्चित डा. भोजराज अधिकारी ६ ‘स’ को एजेन्डा लिएर चुनावी मैदानमा छन् । समृद्ध चितवनको योजनासहित निर्माणाधीन योजना कार्यान्वयन गर्ने उनको प्रतिबद्धता छ ।चितवन ३ मा १ लाख ४२ हजार बढी मतदाता छन् । गठबन्धनबाट ३(क) मा कांग्रेसका डा। सुर्यकान्त घिमिरे र (ख) बाट माओवादी केन्द्रका ठाकुर प्रसाद ढकाल उमेदवार छन् ।
आन्तरिक संगठनमा कार्य योजना र रणनीति बनाउने कार्य भईरहेको बताउदैं उनले गठबन्धनमा समेत छलफल भईरहेको बताए । आज नै क्षेत्र नम्बर ३ (क) अन्तर्गत गठबन्धन आवद्ध दलहरूको बैठक सम्पन्न भएको छ, चाडैं नै संयुुक्त चुनावी सभा सहित घरदैलो सुरु गरिन्छ,’ अध्यक्ष आरसीले बताए । बागी उमेदवारका कारण असहज जस्तो देखिए पनि गठबन्धनमा कुनै समस्या नरहेको उनको भनाई छ ।
आगामी कार्तिक १ गते पश्चिम चितवनको गितानगरमा संयुुक्त कार्यालय सञ्चालनमा ल्याईने माओवादी केन्द्र चितवनका अध्यक्ष रामचन्द्र अधिकारीले जानकारी दिएका छन् ।





















