काठमाडौं। नेकपा एमालेका नेता भीम रावलले आफूले ओलीले गरेका राष्ट्रहित विपरीतका र असंवैधानिक कामको विरोध गरेका कारण टिकट नदिएको बताएका छन्।
बिहीबार काठमाडौंमा पत्रकार सम्मेलन गर्दै उनले पार्टी भित्र र पार्टी बाहिर ओलीले गरेका स्वेच्छाचारी निर्णयको आफूले सधैं विरोध गरिरहेको बताएका हुन्।
पार्टी विभाजन रोक्नका लागि आफूहरुसँग भएको १० बुँदे सहमति पनि ओलीले कार्यान्वयन नगरेको उनले आरोप लगाए। उनले १० बुँदे सहमति गर्नेलाई १० भाइ र १० बुँदेवाला भनेर चुनावमा टिकटमा भेदभाव गरेको आरोप लगाए।
उनले जनता समाजवादी पार्टी जसपासँग पार्टी अध्यक्षले चुनावी तालमेल गर्ने सहमति गरेकोप्रति असन्तुष्टि पोखे। रावलले पार्टीको विधि र सिद्धान्तविपरीत तालमेल गरेकोभन्दै असन्तुष्टि पोखेका हुन्।





















