काठमाडौं । प्रतिनिधि सभा र प्रदेश सभा निर्वाचनका उम्मेद्वारहरूलाइ निर्वाचन आयोगले निर्वाचन चिन्ह वितरण गरेको छ ।
राजनितिक दलहरूको आ – आफ्नै निर्वाचन चिन्ह भएको भएपनि स्वतन्त्र उम्मेद्वारी दिएकाहरूको लागि आयोगले चिन्ह वितरण गरेको हो । नेकपा एमालेबाट टिकट नपाएपछि स्वतन्त्र उम्मेदवारी दिएका घनश्याम भुसालले चुनाव चिह्न त्रिभुज पाएका छन् ।
रौतहट ३ बाट प्रतिनिधिसभा सदस्य पदमा स्वतन्त्र उम्मेदवारी दिनुभएका प्रभु साहको चुनाव चिह्न ह्याण्ड पाइप हातेकल कायम भएको छ । साहले नेकपा एमालेबाट विद्रोह गरेर स्वतन्त्र उम्मेदवारी दिएका थिए । नेकपा एमालेले टिकट नदिएपछि विद्रोह गरी दाङ क्षेत्र नम्बर १ बाट उम्मेदवारी दिनुभएका गंगा चौधरीले चुनाव चिन्ह लौरो पाएकी छिन् ।
एमालेका शान्ता चौधरी, र एकीकृत समाजवादीका उम्मेदवार मेटमणी चौधरीको प्रतिस्पर्धी बन्नुभएका चौधरीले स्वतन्त्र लौरो अभियानको तर्फबाट उम्मेदवारी दिएर लौरो चिन्ह पाएकी थिइन् ।
तनहुँ–१ को प्रतिनिधिसभाका सदस्यमा स्वतन्त्र उम्मेदवारी दिएका काँग्रेसका पूर्वसहमहामन्त्री गोविन्दराज जोशीले कैंची चुनाव चिन्ह पाएका छन् ।
त्यस्तै चितवन क्षेत्र नम्वर २ बाट स्वतन्त्र उमेद्धवार देवीका कुँवरले चुनाव चिन्ह माछा पाएकी छिन् ।





















