चितवन । नेकपा एमालेका नेता कृष्णभक्त पोख्रेरेलले चितवन क्षेत्र नम्वर २ बाट उम्मेदवारी दर्ता गराएका छन् । आगामी मंसिर ४ गते हुने प्रतिनिधि सभा निर्वाचनका लागि उनले आज (आईतबार) मुख्य निर्वाचन अधिकृतको कार्यालय भरतपुरमा उम्मेदवारी दर्ता गराएका हुन् ।
उम्मेदवारी दर्ता गर्दै उनले आफ्नो जित निस्चित भएको बताएका छन् । अघिल्लो चुनावमा आफुले १७ हजार ३६६ मतले जितेको भन्दै यसपाली पनि आफुले ढुक्क जित्ने बताए ।
उनको प्रस्तावकमा विजय सुवेदी र समर्थकमा तेजेन्द्र खड्काको रहेका छन् ।





















