काठमाडौँ । महानगरपालिकाले चाडपर्व लक्षित बजार अनुगमन सुरु गरेको छ। सामग्री खरिद गर्दा समस्या आएमा कामपाको टोल फ्री नं १६६००१००५५११ मा समयमा नै जानकारी दिन आग्रह गरिएको छ ।
महान् पर्व बडादसैं र तिहारलाई लक्षित गरेर कामपा उपप्रमुख सुनिता डङ्गोलको संयोजकत्वमा मंगलबारदेखि बजार अनुगमन थालिएको छ। कामपाले अनुगनका लागि तीन टोली परिचालन गरेको छ।
टोलीले आज प्रदर्शनी मार्गस्थित टुकुचा तरकारी बजार, खसी बजार र त्यस क्षेत्रका मासु पसलको अनुगमन गरेको थियो । त्यसपछि खाद्य संस्थान थापाथलीको सुपथ बिक्री कक्षमा बिक्री कक्ष, प्रदर्शन कक्ष र भण्डार रहेको भाटभटेनी सुपरमार्केटमा खाद्य वस्तुको बिक्री वितरणको अवस्था हेरिएको थियो।
अनुगमनका क्रममा खाद्य संस्थान थापाथलीको सुपथ बिक्री कक्षमा म्याद गुज्रिन लागेको चामल भटिएको उपप्रमुख सुनिता डङ्गोलले जानकारी दिनइन।
उनले कुनै पनि सामग्री खरिद समयमा केही समस्या परे कामपाको हटलाइन नम्बरमा फोन गरी गुनासो टिपाउन आग्रह गरिन।





















