चितवन। नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’नयाँ घरमा सरेका छन्। उनी सोमबार चितवनको भरतपुर महानगरपालिका- १४ स्थित शिवनगरमा बनेको एक तले नयाँ घरमा हुन्।
गृह प्रवेशमा प्रचण्डसहित उनकी पत्नी सीता दाहाल, छोरीहरू रेनु दाहाल, गंगा दाहाल र पार्टीका नेता कार्यकर्ताको उपस्थिति रहेको थियो। प्रचण्डले आफू गाउँमै फर्किएको बताएका छन्। उनी चुनाव लड्ने चितवन क्षेत्र नम्बर ३ मै घर बनाएका हुन्।
नयाँ एक तले घर बनाइएको ६ कट्ठा जग्गा प्रचण्डको पैतृक सम्पत्ति रहेको बताइएको छ। यस अघि प्रचण्ड काठमाडौंबाट चितवन जाँदा भरतपुरको शिवनगर स्थित भाडाको घरमा बस्ने गरेका थिए।





















