चितवन : चितवनको निर्वाचन अधिकृतमा चितवनका जिल्ला न्यायाधीश रितेन्द्र थापालाई नियुक्त भएका छन् । आगामी मंसिर ४ गते हुने प्रतिनिधि सभा र प्रदेश सभा निर्वाचन गराउन निर्वाचन आयोगले मुख्य निर्वाचन अधिकृत र अधिकृतहरू नियुक्त गरेको हो ।
त्यसैगरी आयोगले चितवनको निर्वाचन अधिकृतमा सडक विभागका उपसचिव हरिसिंह धामीलाई नियुक्त गरेको छ । आयोगले चितवन सहित देशभरका १६५ निर्वाचन क्षेत्रमा निर्वाचन अधिकृत नियुक्त गरेको छ ।
नियुक्त भएका अधिकृतहरूलाई १२ र १३ गते निर्वाचन व्यवस्थापन सम्बन्धी अभिमुखीकरण कार्यक्रम राखिएको छ । यो कार्यक्रममा अनिवार्य रुपमा उपस्थित हुन आयोगले सूचना जारी गरेको छ ।
अभिमुखीकरण कार्यक्रमपछि निर्वाचन अधिकृतहरूलाई नियुक्ति पत्र प्रदान गरिने आयोगले जनाएको छ ।





















