काठमाडौं। नेपाली दर्शकले बेग्र रुपमा प्रतिक्षा गरिरहेको चलचित्र प्रेमगीत–३ यतिबेला दिनदिनै विवादमा तानिँदै गएको छ।
हिन्दी र नेपाली दुवै भाषामा यो चलचित्र नेपालसँगै विश्वभर रिलिज हुँदैछ। यसबीचमा प्रेमगीत ३ ले हिन्दी भर्सनको आफ्नो फिल्ममा केही सहुलियत खोजिरहेको छ।
यतिबेला भुवन केसी, अनमोल केसी, झरना थापा हुँदै सरोज खनालसम्म यो विवादमा मुछिएका छन्।
चलचित्रका निर्माता सन्तोष सेनले पाका अभिनेता सरोज खनाललाई हालै तिखो भाषामा कटाक्ष गरेपछि विवाद झनै चर्किएको हो। प्रेमगीत चल्न नदिन भुवन केसीले अनेक योजना बनाइरहेको प्रदीप खड्काले हालै विवादस्पद अभिव्यक्ति दिएका थिए।
त्यसपछि सरोज खनाल भुवन केसीको बचाउमा आउँदा चलचित्रको निर्माता सन्तोष सेनले खनाललाई अमेरिकामा लुक्ने थिति बसालेको भन्दै कटाक्ष गरेका थिए।
यतिबेला दीपक राजगिरी यस विषयमा भन्छन्, ‘भुवन केसी, अनमोल केसी, झरना थापा, म, अब हुँदाहुँदा आदरणीय सरोज खनाल दाइ उफ्। यो लिस्ट निकै लामो हुँदैछ दिनप्रतिदिन।’
दीपकले सबैलाई गाली गरेर फिल्म चलाउने हो? भन्दै पनि प्रश्न गरेका छन्।
दीपक राजगिरी सामाजिक संजालमा लेख्छन्ः
आज म लेख्दैछू ….
भूवन केसी , अनमोल केसी, झरना थापा ,म
अब हूदॉ हूदॉ आदरणीय सरोज खनाल दाइ उफ…
यो लिष्ट निक्कै लामो हूदैछ दिनप्रति ….
सबैलाइ गालि गरेरै फ़िल्म चलाउने हो ?
यति राम्रो हाइप हूदॉहूदै के गर्या यो?
आफ्ना मान्छे लगाएर सामान्य दर्शकलाइ पनि उचालेर उद्योगका मान्छे लाइ गालि गर्न लगाएर
सबैलाइ सिध्याउने हो? त्यसपछि उद्योग सकिदिने?
अनि आफू मात्रै राज गर्ने हो?
घर नै नरहे कॉहा बस्छौ साथि?
जे जे गर्यौ महान काम गर्यौ,
तर हिन्दी भाषाकोमा नियम अनुसार कर तिर…
वरू राम्रो कामको लागि नेपाली भाषाको फ़िल्ममा extra छुट माग सक्किगो त ….यति लेखे पछि bycutanmol मा मेरो पनि नाम थपौला ,निर्देशन अनुसार गालि गलौच पनि गरौला पक्कै पनि !
तर यति ठूलो तिमिहरूको अन्याय कसरी सहेर बस्नु? साथिहरूले कसरी सहेर बसें मैले चाहि सकिन माफ पॉउ !
हरेकदिन मिडियामा आएर हंगामा मच्चाउने किन? आफ्ना सेना तथा समर्थक लाइ सभ्य हुन सिकाऔ साथि ! तपाइको फ़िल्म चल्दा हामि कसैको बेफाइदा छैन, तपाइको बजार बढ्दा भोलि मैले पनि कमाउने बाटो खुल्छ !फाइदा नै छ !
सकिन्छ प्रत्यक्ष भेटेर बहस गरौ !
होइन भने एकले अर्को लाइ नसकौ!
जय नेपाल !!!





















