चितवन / चितवनको भरतपुर वडा न. ११ स्थित बसेनी बचत तथा ऋण सहकारी संस्था लि. द्धारा श्री सिद्धि विनायक मा. वि. बसेनीमा सोमबार निशुल्क स्वास्थ्य शिविर र खुल्ला रक्तदान कार्यक्रम सम्पन्न भयो ।
कार्यक्रममा २३ जनाले रक्तदान गरेका थिए र ६८ जनाले निशुल्क स्वास्थ्य परिक्षण गरेको साकोसका अध्यक्ष हरि रानाभाटले जानकारी दिनुभयो ।

बसेनी बचत तथा ऋण सहकारी संस्था लि. का अध्यक्ष हरि रानाभाट को अध्यक्षतामा भएको कार्यक्रममा प्रमुख अतिथि भरतपुर वडा न ११ वडा अध्यक्ष कमल मल्ल , अतिथिहरुमा लिला बहादुर त्रिपाठी , ज्ञानहरि घिमिरे , कृष्ण कँुवर ,शिव कोईराला , रमेश पाण्डे ,पत्रकार नबिन बाबु मरहट्टा , बलराम बोहरा र नवराज आचार्य रहनु भएको थियो ।

उपस्थित प्रमुख अतिथि , अतिथिहरुले आफ्रनो मन्तव्यमा कार्यक्रमको पूर्ण सफलताको कामना गर्नुभएको थियो ।
निशुल्क स्वास्थ्य शिविरको प्राविधिक सहयोग भरतपुर १० हस्पिटल रोडमा रहेको देव हस्पिटल प्रा. लि. ले गरेको थियो ।
कार्यक्रमको स्वागत मन्तव्य लिला बहादुर त्रिपाठीले गर्नुभएको थियो भने कार्यक्रमको सन्चालन विनिता पन्तले गर्नुभएको थियो ।
























