भरतपुर / सिद्धिबिनायक टोल बिकास संस्थाद्धारा संविधान दिवसको अवसरमा अन्तर टोल हाजिरीजवाफ प्रतियोगीता सोमबार सम्पन्न भयो । भरतपुरमा २९ वटा टोल मध्ये १९ वटा टोलहरु सहभागि थिए ।
सिद्धिबिनायक टोल बिकास संस्थाका अध्यक्ष प्रकाश देवकोटाको अध्यक्षतामा भएको कार्यक्रममा प्रमुख अतिथिमा वाड न. ११ का अध्यक्ष कमल बहादुर मल्ल , विशिष्ट अतिथिमा नेकपा एमाले वाड न. ११ का पार्टी अध्यक्ष प्रकाश आचार्य , नेपाली कांग्रेस वाड न. ११ का सभापति अम्बर बहादुर लामा, नेकपा माओवादी केन्द्रका वाड न. ११का सचिव सन्देस अधिकारी थिए भने अतिथिमा २९ वटा टोलका अध्यक्ष एव प्रतिनिधि लगायतका थिए ।
अन्तर टोल हाजिरीजवाफ प्रतियोगीतामा सहभागि गणेश स्थान टोल बिकास संस्था , सिद्धार्थ टोल विकास संस्था , कैलास टोल बिकास संस्था , बसेनी बजार टोलबिकास संस्था , जखडी माइ टोलबिकास संस्था , मिर्गकुञ्ज टोल बिकास संस्था , लामा टोल बिकास संस्था , गोर्खाली टोल बिकास संस्था , सामना टोल बिकास सँस्था , कोलटाडी टोलबिकास संस्था , दिप ज्योति टोल बिकास संस्था , पारदर्शी टोल बिकास संस्था , शान्ती टोलबिकास संस्था, जनोदय समन्वय टोल बिकास संस्था, प्रगती पथ टोल बिकास संस्था, सिद्धीबिनायक टोल बिकास संस्था , नयाँ किरण टोलबिकास संस्था, जनजागृती टोल बिकास संस्था , ज्ञान ज्योती टोल बिकास संस्था रहेका थिए ।

यस्तै हाजिरी जवाफ प्रतियोगिता सान्त्वना स्थान हासिल गर्ने बसेनी बजार टोल बिकास संस्था , तृतीय स्थान हासिल गर्ने शान्ती टोल बिकास संस्था , द्वितीय स्थान हासिल गर्ने गोर्खाली टोल बिकास संस्था, प्रथम स्थान हासिल गर्ने लामा टोल टोल बिकास संस्था रहेका थिए ।
त्यस्तै यस कार्यक्रममा सेन्ट्रल कलेज, समाज कल्याण बहुमुखी सहकारी , नारायणी पाइप उद्योग, सिद्विबिनायक हाट बजार ब्यबस्थापन समिती, मन शिक्षा मन्दिर स्कुल, न्यौपाने बिजुली पसल , आशिर्वाद हार्डवयर, मनकामना हार्डवयर, आयुस्मा मेडिकल, माता पञ्चकन्या सप्लायर्स, बिस्णु ब्याग उद्योग, श्रीधर घिमिरे, दयाराम ढकाल ले आर्थिक सहयोग गरेका थिए ।
यस कार्यक्रमलाई सफल बनाउन कार्यसमिति सदस्य , सल्लाहकार समिति , टोलका सम्पूर्ण सदस्यहरु , आर्थिक सहयोग गर्ने सहयोगीहरुलाई सिद्धिबिनायक टोल बिकास संस्थाका अध्यक्ष प्रकाश देवकोटाले धन्यबाद व्यक्त गरेका थिए ।

देवकोटाले सबै टोल बिकास संस्थाका बाबु नानिको उज्ज्वल भबिस्यको कामना गर्दै सबै सहभागी टोल बिकास संस्था प्रती सिद्विबिनायक टोल बिकास संस्था हार्दिक आभार एव सहकार्यको प्रतीक्षारत रहने बिस्वास गरेका थिए ।
अध्यक्ष देवकोटाले कार्यक्रममा आ आफ्नो ठाउँ बाट आर्थिक, नैतिक, रुपमा सक्रिय रहि कार्य गर्नु हुने सबै जनामा हार्दिक आभार व्यक्त गर्दै अझ विशेष गरि हाजिरी जवाफ प्रतियोगिता को प्रश्न तयार गरि गहनता पूर्वक कार्यक्रममा महत्वपूर्ण भुमिका निर्वाह गरेकोमा टोल निवासी कुसल स्वास्थकर्मी श्री अच्युत मरहट्टा ज्युलाइ विषेश धन्यवाद दिएका थिए ।
सिद्धिबिनायक टोल बिकास संस्थाका सम्पूर्ण सदस्यहरु उपस्थितको साथमा भव्य रुपमा कार्यक्रम सम्पन्न भएको थियो ।





















