चितवन / माडीको लक्ष्मी निवासमा रहेको मनमोहन स्मृति बालग्रामले एक बर्ष सम्मका लागि मासिक एक क्विन्टलका दरले चामल पाउने भएको छ ।
स्थापनाकालदेखि सामाजिक क्षेत्रमा काम गर्दै आइरहेको नेपाल बाल संगठन चितवनले लोपोन्मुख जातीको रूपमा रहेका बालग्राममा अध्यनरत चेपाङका लागि चामल उपलब्ध गराउने भएको हो ।
उनीहरुको अबस्थालाई बुझेर सहयोग गर्न लागिएको नेपाल बाल संगठनका अध्यक्ष रविकिरण पौडेलले जानकारी दिए ।
उनका अनुसार, गरिबीका कारण खानाको अभावमा देखापर्ने कुपोषण जस्ता अन्य रोगहरुवाट बचाउन चेपाङका लागि आँफुहरुले सहयोग अभियान अगाडि बढाएको बताए ।





















