भरतपुर / चितवनको भरतपुर वडा न. ११ स्थित बसेनी बचत तथा ऋण सहकारी संस्था लि. द्धारा श्री सिद्धि विनायक मा. वि. बसेनीमा निशुल्क स्वास्थ्य शिविर र खुल्ला रक्तदान कार्यक्रम गर्ने भएको छ ।
कार्यक्रम २०७९ साल असोज ३ गते सोमबार विहान ८ बजेबाट शुरु हुने साकोसका अध्यक्ष हरि रानाभाटले जानकारी दिए ।

निशुल्क स्वास्थ्य शिविरको प्राविधिक सहयोग भरतपुर १० हस्पिटल रोडमा रहेको देव हस्पिटल प्रा. लि. ले गर्ने भएको छ ।
मेडिकल सिटिका रुपमा चिनिने चितवनमा रगतको चरम अभाव छ । तुलनात्मक रुपमा दैनिक हुने रक्तदानमा आउने रगत भन्दा खपत दोब्बर जस्तै छ । रक्तसंञ्चार केन्द्रले रगतको मागको दबाब थेग्न नसकेको अबस्था देखिएको छ ।
विभिन्न संघसंस्थाहरुले आयोजना गरेको कार्यक्रमहरुबाट सङकलित रगतहरुले केही राहत मिलिरहेको अबस्था छ ।
डेङ्गु महामारीले रगतको चरम अभाव भैरहेको अबस्थामा केही राहत मिलोस भन्ने उद्देश्यले कार्यक्रम गर्न लागिएको साकोसका स्वास्थ्य संयोजक नवराज आचार्य ले जानकारी दिए ।





















