गोरखा / गोरखाको पालुङ्गटार नगरपालिका वडा न. २ सिम्पानीमा अबिरल बर्षाका कारण काली माया बयलकुटी को घरमा मूल निस्किएर घर जोखिममा भएको छ ।
उक्त घरमा माटोको आलि बनाएर पानि कटाउने काम भएको एक स्थानियले जनआवाज अनलाईन लाई जानकारी दिए ।

यस विषयमा वडा का जनप्रतिनिधिहरुले केही राहतको व्यवस्था गरि मलाई बास बस्ने व्यवस्था गर्न काली माया ले अनुरोध गरेकी छन् ।
त्यस्तै अविरल वर्षासँगै गोरखामा ठाउँ ठाउँमा पहिरो खसेको बाटो अवरुद्ध भएको छ ।
फोटो फेसबुकबाट





















