गोरखा । गोरखाको पालुङ्गटार २ मा पर्ने आँपपिपल अस्पतालमा हाड जोर्नी सम्बन्धि १ दिने निशुल्क स्वास्थ्य शिविर डा. सुमन बाबु मरहट्टाको टोलीबाट शुक्रबार सम्पन्न भएको छ ।
सिभिल सर्भिस अस्पताल काठमाण्डौंका हाड जोर्नी विभागका विशेषज्ञ डा. सुमनको टोलीले आँपपिपल अस्पतालको भवनमा सञ्चालन गरिएको शिविरमा नगरपालिका भित्रका १५० जना बिरामीहरुलाई स्वास्थ्य परिक्षण गराएका थिए ।
शिविरमा बिरामीहरुको स्वास्थ्य परिक्षण गराउनुको साथै जनचेतना मुलक कार्यक्रम पनि गरिएको थियो । शिविरमा डाक्टर सृजना कोइराला , अस्पतालका कर्मचारीहरु , चिकित्सकहरु, अस्पताल प्रशासन प्रमुख बाबुराम गीरी , स्थानिय झलक अधिकारी , सागर आचार्य र स्थानीय स्वास्थ्यकर्मी लगायतका टोलीहरुले सहयोग गरेको थिए ।

शिविरमा अधिकांश ढाड र घुंडा दुख्ने समस्या भएका बिरामीहरु बढि भेटिएको डा.सुमन मरहट्टाले जानकारी गराए ।
डा.सुमनले आफ्नो पुजनिय पिता स्व. माधव प्रसाद मरह्ट्टाको लामो समय देखिको इच्छा, म र मेरो परिबार को आफू जन्मेर हुर्केको ठाँउलाई केही गरौ भन्ने चाहाना स्वरुप मैले यो शिविर आयोजना गरेको बताए ।
एक चोटिको छोटो भेट्मै धेरै कुराहरु गर्न नसकिने हुनाले यो कार्य लाई निरन्तरता दिने कोसिस गर्ने डा. मरहट्टाले बताएका छन् ।

डा.सुमनले हाड–जोर्नीसम्बन्धी समस्या धेरैले भोगेका हुन्छन्, जसमध्ये कतिपय भ्रमपूर्ण उपचारमा अल्मलिन्छन् । आफूखुशी क्याल्सियम, भिटामिड ‘डी’ खानाले मिर्गौला र मुटुमा असर गरेको पत्तै हुँदैन । जोर्नी दुखेकोमा तातोले सेक्नुपर्छ भन्ने धेरैमा भ्रम छ । कतिपयलाई गेडागुडी खाएर जोर्नी दुख्यो भन्ने भ्रम छ । केही मानिस खानाभन्दा औषधि नै सही हो भन्ने भ्रममा महँगा सप्लिमेन्टहरु खाइरहेका छन् । कोही विज्ञापनको भर परेर हड्डी खिइएकोमा तेल मालिसको भ्रममा छन् भने कतिपयचाहिँ सामान्य औषधि, व्यायाम र जीवनशैली परिवर्तनले हुने उपचारमा पनि अपरेसन नै गर्नुपर्ने अवस्थामा परिरहेका छन् । जोर्नी दुख्ने समस्यामा मानिसहरुले कस्ता भ्रम पालिरहेका छन् र सही उपचार के हुन सक्छ ? के जोर्नी दुख्दैमा अपरेसन नै गर्नुपर्ने, प्रत्यारोपण नै गराइहाल्नुपर्ने हुन्छ त ? यस सम्बन्धमा विरामीहरुलाई सल्लाह दिए ।























