चितवन / प्रेस सेन्टर नेपाल जिल्ला तदर्थ समिति चितवनका सल्लाहाकार एवं अग्रज पत्रकार वीरबहादुर सिन्जालीलाई सहयोग रकम हस्तान्तरण गरिएको छ ।
भरतपुर अस्पतालमा उपचारमा रहेका पत्रकार सिन्जालीलाई प्रेस सेन्टर नेपाल जिल्ला समन्वय समिति चितवनले १० हजार रुपैयाँ सहयोग रकम हस्तान्तरण गरेको हो । उपचाररत सिन्जालीको स्वास्थ्य अवस्था बुझ्न अस्पताल पुगेको प्रेस सेन्टरको टोलीले दश हजारको चेक हस्तान्तरण गरेको हो ।
प्रेस सेन्टर नेपाल केन्द्रिय सचिव शान्ता अधिकारी, प्रेस सेन्टर नेपाल जिल्ला अध्यक्ष सूर्य पाठक , सह सचिव नबिन बाबु मरहट्टा , कोषाध्यक्ष किशोर सापकोटा र सदस्य विवेक पोखरेल अस्पताल पुगेका थिए । अचानक स्वास्थ्यमा समस्या देखिएपछि पत्रकार सिन्जाली चार दिन अघि अस्पताल भर्ना भएका थिए ।
सिन्जालीको उपचारको लागि पत्रकार महासंघ चितवन शाखाका अध्यक्ष नारायण प्रसाद अधिकारी र प्रेस सेन्टर नेपालका केन्द्रिय वरिष्ठ उपाध्यक्ष सुरेस चन्द्र अधिकारीले सहयोग गरेको प्रेस सेन्टर नेपालका जिल्ला पदाधिकारीहरुले बताएका छन् ।
उनको स्वास्थ्यमा निकै सुधार आएको पारिवारिक श्रोतले जनाएको छ ।





















