भरतपुर / श्री नवजागृति सामुदायिक वन उपभोक्ता समूह भरतपुर ११ द्धारा समूहको वार्षिक कार्यक्रम अन्तर्गत ५८औँ राष्ट्रिय बालदिवस, “बालमैत्री सामजको आधार जिम्मेवार परिवार,उत्तरदायी सरकार” भन्ने मुल नारा कासाथ बुधबार शैक्षिक सामाग्री वितरण कार्यक्रम सम्पन्न भयो ।

भरतपुर ११ मा रहेका ७ वटा सामुदायिक विद्यालयमा अध्ययनरत जेहेन्दार, गरिब, आदिवासी जनजाति पिछडिएका वर्ग का ९ सबैबाट समावेशी ,हुनेगरि ६२ जना छात्र( छात्राहरूलाई शैक्षिक सामाग्री अन्तर्गत स्कुल झोला र कापी कलम वितरण गरिएको थियो । समूहका अध्यक्ष श्री देव कुमार गुरूङ्ग ज्यूको अध्यक्षता र भरतपुर ११ का जन निर्वाचित वडा अध्यक्ष श्री कमल बहादुर मल्ल ज्यूको प्रमुख आतिथ्यतामा सम्पन्न कार्यक्रम समूहकी सचिव श्री बिष्णु कुमारी शर्माले सञ्चालन गर्नुभएको थियो भने आगन्तुक पाहुनाहरूलाई समूहका सदस्य श्री प्रकाश देवकोटाले स्वागत गर्नुभएको थियोे ।
कार्यक्रममा विद्यार्थी, शिक्षक, शिक्षाका, विद्यार्थीका अभिभावक, उपभोक्ताहरू, समूहको कार्यसमिति, अनुगमन उपसमिति, कर्मचारी गरि करिब २०० जना भन्दा बढीको उपस्थित रहेको थियो ।






















