चितवन / नारायणी नदिले जलसतहको सतर्कता तह पार गरेको छ । नारायणी नदी देवघाट बाढी मापन केन्द्रले दिएको जानकारी अनुसार अहिले सतकर्ता तह पार गरेर ७दशमलव ७ मिटर पानीको सतह पुगेको छ ।

नारायणी नदिको सतकर्ता तह ७दशमलव ३ मिटर हो । आज नै खतरा तह पुग्न सक्ने भएकाले चितवन र नवलपरासीको तटिय क्षेत्रमा उच्च सतर्कता अपनाउन केन्द्रले आम सर्वसाधरणलाई आग्रह गरेको छ ।

यस्तै नारायणगढको पुलचोकमा गरिएको मापनमा पनि सतर्ककता तह भन्दा माथि पुगेको छ । यहाँ ११ मिटरलाई सतर्कता तह भन्ने गरिन्छ । अहिले ११ मिटर नाघेर नारायणीको पुलचोकमा ११ दशमलव १२ पुगेको छ ।
८ मिटर पानीको बहाव पुगेमा नारायणी नदिलाई खतराको लेबल मान्ने गरिन्छ ।





















