चितवन / नेपाली राष्ट्रिय क्रिकेट टोलीका निलम्बित कप्तान सन्दीप लामिछानेले आफु निर्दोष भएको बताएका छन् । आफुलाई लागेको आरोप निराधार भएको भन्दै पहिलो पटक उनले मुख खोलेका छन् ।
शुक्रवार बिहान फेसबुकमा स्टाटस लेख्दै आफू माथि लागेको आरोप निराधार भएको भन्दै कानूनी लडाइँ लड्न तयार रहेको प्रतिक्रिया दिएका छन्।
सन्दीप सीपीएलको सिलसिलामा वेष्टइन्डिजमा छन्। फेसबुकमा स्टाटस लेख्दै उनले कानुनको सम्मान गर्दै जारी सीपीएल छाडेर केही दिनमै स्वदेश फर्किने बताएका छन्।
गत मंगलबार १७ वर्षीया किशोरीले बलात्कारको आरोप लगाए पछि बिहीबार प्रहरीले पक्राउ पुर्जी जारी गरेको थियो। त्यस लगत्तै नेपाल क्रिकेट संघ (क्यान) ले उनलाई निलम्बन गरेको थियो भने अरु संघ सस्थाहरुले सन्दिपको सपोर्ट गरेर उनी निर्दोस भएको दावी गरेका छन् ।





















