काठमाडौं / नेपालमा नै विदेशी डिग्री दिने आइएसएमटी कलेज काठमाडौंमा ‘फुड वन्डर्स इभेन्टिया’ सम्पन्न भएको छ ।
इन्टरनेशनल टुरिजम एण्ड हस्पिटल म्यानेजमेन्ट अध्यन गरिरहेका विद्यार्थीहरुले उक्त कार्यक्रम आयोजना गरेका हुन् । बिएचएमको तेस्रो सेमेस्टर अध्ययन गरिरहेका विद्यार्थीले अनिवार्य रुपमा प्रयोगात्मक कार्यक्रम गरेका हुन् ।
कार्यक्रम व्यवस्थापन सम्बन्धित प्रयोगात्मक ज्ञानका लागि उक्त कार्यक्रम आयोजना गरिएको हो । जसमा विद्यार्थीहरुले दुई दर्जन बढी खानाका परिकार, स्टेज कार्यक्रम, जिम्मेवारीको बाँडफाँड, व्यवस्थापन र सञ्चालनको पाटोलाई नेतृत्व गरेका थिए ।
अध्ययनको क्रममा सुरुको दुई बर्ष अनिवार्य रुपमा दुई वटा कार्यक्रम गर्नुपर्छ । त्यसको पहिलो कार्यक्रम बुधवार गरिएको एक विद्यार्थी प्रलय धितालले बताए।
कार्यक्रम विद्यार्थीको प्रयोगात्मक अभ्यासको पाटो भएकाले योजना निर्माण तथा जिम्मेवारी बाँडफाँडदेखि नै विद्यार्थीको मूल्यांकन सुरु हुने शिक्षक केसीले बताए । प्रत्येक विद्यार्थीले कार्यक्रममा आफ्नो भूमिका कसरी निर्वाह गरिरहेको भन्ने व्यवहारबाट नै मूल्यांकन गरिने उनले बताए ।
विद्यार्थीहरुलाई वित्त, बजार, स्रोत व्यवस्थापन, सेवालगायत बिभिन्न समूहमा विभाजन गरिएको थियो । विद्यार्थीले आफुले पाएको भूमिका अनुसार नै जिम्मेवारी निर्वाह गरेका थिए ।
























